प्रयागराज महाकुम्भमा भागदौड, १५ जनाभन्दा बढीको मृत्युको आशंका

बिदेश राजनीति समाचार

दिल्ली ,१६ माघ ।

भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, घटनामा धेरै जना घाइते भएका छन्।

गएराति साढे एक बजेतिर कुम्भ मेलाको एउटा घाटमा भागदौड भएको थियो। हालसम्म घाइते तथा मृतकहरूको यकिन सङ्ख्या र आधिकारिक पुष्टि हुन बाँकी छ।

विश्वकै सबैभन्दा ठूलो धार्मिक मेलामध्ये एक मानिने कुम्भ मेलामा अमृत स्नानका लागि आज मात्र दश करोडभन्दा धेरै भक्तजन उपस्थित हुने अपेक्षा गरिएको थियो। तर, भागदौडका कारण अमृत स्नान रद्द गरिएको छ। यद्यपि, हजारौँ भक्तजनहरूले अझै पनि पवित्र स्नान गर्ने प्रयास गरिरहेका छन्।

महाकुम्भ मेलामा सुरक्षाकर्मीहरूले भीड नियन्त्रण गर्ने प्रयास जारी राखेका छन्। गएको जनवरी १३ देखि सुरु भएको यस धार्मिक मेलामा अहिलेसम्म १५ करोडभन्दा बढी भक्तजनहरूले गङ्गा स्नान गरिसकेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *