पर्सामा मानव बेचबिखनमा संलग्न चार जना पक्राउ, दुई महिलाको उद्धार

बिदेश राजनीति समाचार

पर्सा, माघ १८ ।

जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा वेश्यावृत्तिमा संलग्न चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार नजिक रहेका होटलहरूमा प्रहरीले गरेको छड्के जाँचका क्रममा मानव बेचबिखनमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, मिति २०८१ माघ १७ गते राति ८:२५ बजे संयुक्त प्रहरी टोलीले होटल स्वस्तिक र होटल रितेशमा चेकजाँच गर्दा राम्रो आम्दानीको प्रलोभनमा पारेर जबरजस्ती वेश्यावृत्तिमा लगाइएका दुई महिलालाई उद्धार गरिएको थियो। उक्त कार्यमा संलग्न चार जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको छ।

पक्राउ परेका व्यक्तिहरू:

१. मनेजर राय  वर्ष ३५ को भारत, बिहार राज्य, छपरा जिल्ला, मडहौरा थाना, ग्राम पंचायत बरदहिया वडा नं. ११ बस्ने ।
२. सुक्राति चौधरी वर्ष ३२ को महोत्तरी जिल्ला, भंगहा नगरपालिका वडा नं. २, टिकुलिया बस्ने ।
३. दिपेश राई  वर्ष ३३ को ओखलढुंगा जिल्ला, देयाले गाउँपालिका वडा नं. ५ बस्ने ।
४. मिरा कुमारी महतो  वर्ष ३८ को बारा जिल्ला, जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ बस्ने ।

पक्राउ परेका चारै जनाविरुद्ध सम्मानित पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए। 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *