बाराको सिमरामा अज्ञात युवक मृत अवस्थामा फेला, पहिचानका लागि प्रहरीको आग्रह

समाचार

बारा, २५ असार ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–१९, इनर्वासिरा क्षेत्रमा एक अज्ञात युवक मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मिति २०८३ असार २५ गते अपराह्न करिब ४:३० बजे अन्दाजी २४–२५ वर्ष उमेरका नाम, थर र वतन नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

मृतकको पहिचान खुल्न नसकेपछि इलाका प्रहरी कार्यालय सिमरा, बाराले उनलाई चिन्ने वा उनका आफन्तबारे जानकारी हुने व्यक्तिलाई तत्काल प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रहरीले मृतकको पहिचान गरी परिवारसम्म सूचना पुर्‍याउन सबैमा सहयोगको अपिल गर्दै कुनै जानकारी भए इलाका प्रहरी कार्यालय सिमरा, बारा को सम्पर्क नम्बर ९८५५०९०६६६ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *