काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।
बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए।
प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए।
रसुवामा बाढीले बगाउँदा एक जनाको मृत्यु, दर्जन बढी बेपत्ता
रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पु-याएको छ।
गोसाइँकुण्ड गाउँपालिका-२ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको मुख्य नाका रसुवागढीमा भौतिक संरचना ध्वस्त पारेको छ।
स्थानीय समय अनुसार सोमबार बिहान करिब ३ बजे गोसाइकुण्ड गाउँपालिका–२ को रसुवागढी नजिकैको खोलामा ठूलो बाढी आएको थियो।
एक घण्टाभित्रै बिहान ४ बजेतिर बाढीले नेपाल र चीन जोड्ने ‘मितेरी पुल’ पूर्ण रूपमा बगायो। सो पुल नै मुख्य नाका भएकाले रसुवाबाट चीनतर्फ हुने आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
बाढीले गर्दा हालसम्म ९ जना सम्पर्कविहीन छन्। तीमध्ये ३ जना नेपाल प्रहरीका कर्मचारी रहेको गृह मन्त्रालयले जनाएको छ।
बेपत्ता प्रहरीमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा रहेका छन्।
त्यस्तै, ६ जना चिनियाँ नागरिक हराइरहेको गृह मन्त्रालयले मंगलबार साँझ जनाएको छ।
हराइरहेकाहरूमा नेपाली सर्वसाधारण पनि परेका छन्। तीमध्ये सवारी चालक, मजदुर र व्यवसायी छन्। बेपत्तामा सवारी चालक गोविन्द बोक्ताम, लोकमान लामाङ, लक्ष्मीनारायण सारु, नरेन्द्र विक रहेका छन्।
बाढीले खतरामा परेकामध्ये ११ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये भन्सार कार्यालयनजिकै फसेका ९ जना र नुवाकोटको इन्द्रेणीघाटमा फसेका दुई जना रहेका छन्।
नेपाली सेनाको हेलिकोप्टरले दुई जना वृद्ध दम्पतीको उद्धार इन्द्रेणीघाटबाट गरिएको थियो।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको छ। रसुवागढी जलविद्युत आयोजनाको ड्याम क्षतिग्रस्त बनेको छ। इलेक्ट्रिक भेइकल चार्जिङ स्टेशनहरू, रसुवागढी भन्सार यार्ड क्षतिग्रस्त बनाएको छ।
बाढीले चिनियाँ कम्पनी ‘त्रिशुली थ्री बी हब स्टेशन’का सबस्टेशन, ट्रान्सफर टावर, वाल संरचना पूर्ण रूपमा ध्वस्त बनाएको छ।
बाढीले नेपालतर्फ मात्र होइन, चीनको सीमा क्षेत्रमा पनि व्यापक क्षति पुर्याएको छ। चीनतर्फ रहेका केही नेपाली कामदारहरूलाई हेलिकप्टरमार्फत नेपाल ल्याउने तयारी भइरहेको छ। उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ।
रसुवा उत्तरगया गाउँपालिका-५ स्थित उत्तरगयाधामको खोला किनारमा एक पुरुषको शव फेला परेको छ।
रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक
चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर अहिलेसम्म १८ जना बेपत्ता भएकाे खुलेकाे छ ।
अचानक आएकाे बाढीकाे चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।
सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरणः
नेपाल प्रहरी
प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।
जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।
प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।
चाइनिज नागरिकः-
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको LI HUAQING
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YANG CHUAN
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU HAI HANG
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YOU XIAO QIU
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको JOU YONG
नेपाली नागरिकः-
जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
.ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.
जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ
