श्री पञ्चमीको अवसरमा सशस्त्र प्रहरी बलद्वारा विद्यालय रंगरोगन कार्यक्रम सम्पन्न

बिदेश राजनीति समाचार

बारा, माघ २२ ।

सीमावासीसँग सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे. क्वा बाराको आयोजनामा तथा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, पिपरपाती बाराको समन्वयमा विद्यालय रंगरोगन कार्यक्रम सम्पन्न भएको छ।

श्री पञ्चमीको अवसर पारेर जिर्ण अवस्थामा रहेको सिम्रौनगढ नगरपालिका-१ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मनसागराका दुई वटा भवनमा रंगरोगन गरिएको हो। यस सामाजिक अभियान अन्तर्गत विद्यालयलाई नयाँ स्वरूप दिँदै विद्यार्थीहरूलाई सफा र स्वच्छ वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरिएको छ।

कार्यक्रमको उद्घाटन प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख प्रदीप थापा, सिम्रौनगढ नगरपालिका-१ का वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

सशस्त्र प्रहरी बल नेपालले सीमावासी समुदायसँग सहकार्य गर्दै विभिन्न सामाजिक कार्यहरू सञ्चालन गरिरहेको छ, जसअन्तर्गत यो कार्यक्रम पनि एक महत्वपूर्ण पहल भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *