वीरगंजमा स्वरूप परिवर्तन गरिएका मोटरसाइकलमाथि ट्राफिक प्रहरीको कारबाही

बिदेश राजनीति समाचार

वीरगंज, २२ माघ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजले ट्राफिक नियम उल्लंघन गर्दै स्वरूप परिवर्तन (साइलेन्सर परिवर्तन) गरी सञ्चालन गरिएका दुईवटा मोटरसाइकलमाथि कारबाही गरेको छ।

प्रहरीका अनुसार BR22AV2571ना २४ प ३०१६ नम्बरका मोटरसाइकलहरू ट्राफिक नियम विपरीत स्वरूप परिवर्तन गरी चलाइएकाले नियमानुसार कारबाही गरिएको हो।

सम्बन्धित मोटरसाइकलका चालकहरूलाई साइलेन्सर पुनः परिवर्तन गर्न लगाइएको छ भने ट्राफिक नियम उल्लंघन गरेको भन्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको ट्राफिक प्रहरी कार्यालय वीरगंजले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी नियमको पालनामा कडाइ गर्दै संशोधित सवारीसाधनको प्रयोग नगर्न चालकहरूलाई आग्रह गरेको छ। विशेषगरी, चर्को आवाज निकाल्ने साइलेन्सर जडान गरिएका मोटरसाइकलहरू सञ्चालन गर्न नदिन प्रहरी कडाइका साथ लागिपरेको छ।

सवारीसाधन निर्वाध सञ्चालन गर्नु व्यक्तिको अधिकार भए तापनि, सामाजिक सुव्यवस्थामा खलल पुर्‍याउने कार्य न्यूनीकरण गर्न यस्तो अभियान चलाइएको प्रहरीले स्पष्ट पारेको छ।

यस्तै, प्रहरीले चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू देखेमा नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीलाई खबर गर्न नागरिकहरूलाई अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *