पर्सामा ठूलो परिमाणको भन्सार चोरी पैठारीका सामान बरामद।

बिदेश राजनीति समाचार

पर्सा,  माघ २९।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताले भन्सार चोरी पैठारी भएका विभिन्न सामानहरू ठूलो परिमाणमा बरामद गरेको छ। प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले पछिल्ला केही दिनमा विभिन्न ठाउँबाट करिब ७८ लाख रुपैयाँ बराबरका अवैध सामानहरू नियन्त्रणमा लिएको हो।

मिति २०८१ माघ २७ गते राति करिब ९ बजे बीरगंज महानगरपालिका वडा नं. ७, रेल्वे रोडस्थित प्रहरीले रु. ४७,०९,४६१ बराबरको अनलाइन बिल नभएको तथा बिल बिजकभन्दा बढी लोड भएका किराना, खुद्रा तथा इलेक्ट्रोनिक सामानहरूसहित ट्रक (ना.६ ख.२४३३) बरामद गरेको छ। उक्त ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको छ।

यसअघि मिति २०८१ माघ २५ गते, प्रहरी टोलीले रु. १३,३०,८१५ बराबरको विभिन्न लत्ता कपडा, खाद्यान्न, ड्राइफुड तथा किराना सामान बरामद गरी भन्सार कार्यालय बीरगंजमा बुझाएको थियो।

यस्तै, मिति २०८१ माघ २३ गते राति ११:५० बजे बीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगरस्थित प्रहरीले रु. १७,५३,४९०.६४ बराबरको फर्जी तथा दोहोरो बिल बनाइएको २० लिटरको ३९ बाल्टी हाइड्रोलिक आयलसहित पिकअप भ्यान (प्रदेश २-०३ ००१ च २६५२) नियन्त्रणमा लिएको थियो। उक्त सवारी साधन र सामानहरू मिति २०८१ माघ २४ गते राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको छ।

पर्सा प्रहरीले भन्सार चोरी पैठारी नियन्त्रणका लागि निगरानीलाई अझ कडा बनाउने बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *