रौतहटमा पिकअपबाट २२ क्युफिट काठ बरामद

समाचार

रौतहट ,१ फागुन ।  गौर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत शिवनगर चोकमा सालको काठसहितको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

नक्कली बिल भेटिएपछि प्रहरीले सालको काठ र पिकअपलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय शिवनगरअगाडि बुधबार अपराह्न चेकजाँचको क्रममा सालको ना४ख ८७९४ नम्बरको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

पिकअपमा कुनै कागजपत्र नभएको करिब २२ क्युफिट सालको काठका फर्निचर भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए।

बरामद काठसहितको पिकअप गाडी, चालकलाईआवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय रौतहटमा पठाइएको डिएसपी कार्कीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *