बारा,१५ फागुन ।
जिल्ला प्रहरी कार्यालय बारा मातहत खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरूमा गस्ती गर्ने क्रममा भन्सार नतिरेका, आवश्यक कागजात नभएका तथा कानुन विपरीत भारतीय नम्बर प्लेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको छ।
बरामद मोटरसाइकलहरूको अन्दाजी मूल्य रु. २५,००,०००/- (पच्चिस लाख) रहेको छ। कानूनअनुसार आवश्यक कारबाहीको लागि ती मोटरसाइकलहरू वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
प्रहरीले भन्सार छली तथा अवैध रूपमा भित्र्याइएका सवारीसाधनहरूविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
