पर्सा प्रहरी प्रमुख एसपी मिश्रद्वारा विभिन्न प्रहरी इकाइहरूको निरीक्षण, अनुगमन तथा निर्देशन ।

समाचार

पर्सा, चैत्र ३।

जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक  गौतम मिश्रले मातहतका विभिन्न प्रहरी इकाइहरूको निरीक्षण तथा अनुगमन गरेका छन् ।

इलाका प्रहरी कार्यालय जानकिटोला, प्रहरी चौकी मिर्जापुर, प्रहरी चौकी आसवारी, प्रहरी चौकी बुढगाई, प्रहरी चौकी टिउकी, र प्रहरी चौकी भिस्वाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले प्रहरी कार्य प्रणालीमा देखिएका त्रुटिहरू औंल्याउँदै तिनको सुधारका लागि आवश्यक उपायसहित मार्गदर्शन प्रदान गर्नुभएको छ। साथै, सम्बन्धित प्रहरी इकाइहरूमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन एवं सम्बोधन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

एसपी मिश्रले निरीक्षणका क्रममा सम्बन्धित प्रहरी इकाइहरूमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई जनताको सेवक भएर कार्य गर्न, तस्करीलाई पूर्ण रूपमा नियन्त्रण गर्न, तथा सीमाक्षेत्रमा गैरकानुनी गतिविधिलाई पूर्ण रूपमा रोक्न निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *