वीरगंज, ४ चैत
जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवा समय विस्तार गरेको छ। अब मिति २०८१ चैत ५ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान ७:३० बजेबाट बेलुका ७:०० बजेसम्म सञ्चालन हुनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीका अनुसार, सेवाग्राहीलाई थप सहजता प्रदान गर्न तथा सेवा प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो। नागरिकहरूलाई तोकिएको समयमा कार्यालय पुगेर आफ्नो विवरण दर्ता गराउन अनुरोध गरिएको छ।
