पर्सामा २.५ केजी लागुऔषध गाँजासहित एकजना पक्राउ

समाचार

 

पर्सा, ७ चैत ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ बडेरवामा लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।

बिहीबार साँझ करिब ६ बजे बडेरवाबाट तेलिया तर्फ जाँदै गरेका पैदल यात्री सखुवा प्रसौनी गाउँपालिका–२ जमुनिया बस्ने करिब ६० वर्षीय ध्रुव ठाकुरलाई प्रहरीले जाँच गर्दा उनको प्लास्टिकको झोलाभित्र करिब २.५ केजी गाँजा फेला परेको थियो।

इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पठाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *