हुन्डी कारोबारको आशंकामा वीरगञ्जबाट १० लाखसहित एक जना पक्राउ

समाचार

रसीद आलम ,पर्सा, १० चैत ।

सशस्त्र प्रहरी बल, नेपालले हुन्डी कारोबारको आशंकामा वीरगञ्जबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमालको नेतृत्वमा विशेष सूचनाका आधारमा भएको कारबाहीमा पर्सा, वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार जाँच बिन्दुभन्दा करिब ५० मिटर अगाडि भारतबाट नेपाल प्रवेश गरिरहेको BR22BG 1408 नम्बरको सुपर स्प्लेंडर भारतीय मोटरसाइकल चेकजाँच गर्दा स्रोत नखुलेको १० लाख ५ हजार रुपैयाँ फेला परेको हो।

सशस्त्र प्रहरीका अनुसार  गण नम्बर १३ हे.क्वाटर पर्सा र प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको सन्युक्त खटिएको टोलीले मोटरसाइकलको सिट मुनि कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई ल्याएको उक्त रकम बरामद गरेको थियो।

स्रोत नखुलेको ठूलो परिमाणको रकम लिएर आएको वीरगञ्ज महानगरपालिका-१७, अलौ निवासी २९ वर्षीय प्रदीप कुमार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *