सशस्त्रका डिएसपी रिजालले २० लाखको कपडा र ६ मोटरसाइकल नियन्त्रणमा लियो

समाचार

धनुषा, ११ चैत ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर र बीओपी धनौजीको संयुक्त टोलीले करिब २० लाख रुपैयाँ बराबरको तस्करी गरिएको कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज रिजालको नेतृत्वमा १५ जनाको टोली तथा सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) रवि दाहालको नेतृत्वमा ७ जनाको टोलीले धनुषाको विदेह नगरपालिका–२, सरिता गाछी क्षेत्रबाट तस्करीका सामानहरू नियन्त्रणमा लिएको हो।

बरामद कपडा ६ वटा मोटरसाइकलमा लोड गरी भारतबाट धनुषाको बैदेहीतर्फ लगिँदै थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा संलग्न व्यक्ति मोटरसाइकल छोडेर फरार भएका छन्।

हाल मोटरसाइकल र कपडासहित बरामद गरिएका सामग्रीहरू आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *