पर्सा, १२ चैत।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-९ बिश्रामपुरस्थित ढङ्गही खोलाको छेउमा लुकाएर राखिएको ६४ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
उक्त गाँजा ६ वटा पोका बनाएर बेवारिसे अवस्थामा लुकाइएको थियो।
बरामद गरिएको गाँजा आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
