शिक्षा बिधेयक चाँडै पारित हुन्छ, आन्दोलनमा बसिरहनु पर्दैन्: प्रधानमन्त्री

समाचार

रुपन्देही ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुुनपर्ने बताएका छन्।

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले शुक्रबार  बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहन नपर्नेमा जोड दिएका हुन् ।

 

“समस्याहरु छन् तर सडकमा गइरहनुुपर्ने थिएन । म शिक्षकहरुलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छुु । तपाईँहरुले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *