आफ्नै छोरीमाथि जवरजस्ती करणी गर्ने बाबु

समाचार

बिरगंज ,९ बैशाख ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१४, चिनीमिल आवास क्षेत्रमा आफ्नै १४ वर्षीया नाबालिका छोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा ४१ वर्षीय एक बाबुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति हाल सेक्युरिटी गार्डको रूपमा कार्यरत छन्।मिति २०८२ वैशाख ८ गते बिहान ६ बजे पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपीलाई उनकै कोठाबाट नियन्त्रणमा लिएको हो।

पीडित बालिकामाथि आरोपीलाई पटक-पटक करणी गरेको र कोही कसैलाई बताएमा ज्यान मार्ने धम्की दिएको जाहेरीमा उल्लेख छ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध जवरजस्ती करणीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *