बिरगंज ,२०, बैशाख ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र भोलेन्टियर टिम वीरगञ्ज, पर्साको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरू समेत सहभागी भई २ जना महिला र ५४ जना पुरुष गरी कुल ५६ जनाले रक्तदान गर्नुभएको थियो।रक्तदातामध्ये प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस कार्यक्रमले प्रहरी र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउने उद्देश्य लिएको थियो।
