बारा, २० बैशाख । सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा करिब २ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलि गरिएका कपडा बरामद गरेको छ।
डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले पर्साको वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको माइक्रोबसलाई जितपुर सिमरा उपमहानगरपालिका–७ मा रोकी जाँच गर्दा ती कपडा बरामद गरेका हुन्।
बरामद गरिएका अवैध कपडालाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस प्रकारको कारबाहीले भन्सार छलि तथा अवैध व्यापार नियन्त्रणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।
