दिल्ली, २९ बैशाख — भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका क्रममा १० मे २०२५ मा जम्मू जिल्लाको आरएस पुरा क्षेत्रमा अन्तर्राष्ट्रिय सीमा नजिक भएको क्रस बोर्डर फायरिङमा बीएसएफ (सीमा सुरक्षा बल) का बहादुर सब इन्स्पेक्टर मोहम्मद इम्तियाज वीरगती प्राप्त गरेका छन्।
राष्ट्रको सेवा गर्दै सीमा चौकीको नेतृत्व गरिरहेका इम्तियाजले अत्यन्तै साहसपूर्वक अगाडि बढेर नेतृत्व गरेका थिए। उनीमाथि भएको आक्रमणमा वीरगतिको प्राप्तीले सम्पूर्ण राष्ट्रलाई शोकमा डुबाएको छ।
भारतको सारण प्रहरी परिवारले आफ्नो आधिकारिक पेजमार्फत शहीद इम्तियाजप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। प्रहरी परिवारले दुःखको यस घडीमा इम्तियाजका परिवारजनसँग मजबुत साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।

शहीद मोहम्मद इम्तियाजको सर्वोच्च बलिदान सधैं राष्ट्रले सम्झिरहनेछ।
