वीरगन्ज, जेष्ठ २१ ।
जनमत पार्टीप्रति सर्वसाधारणको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। यसै क्रममा आज वीरगन्जस्थित जनमत पार्टी पर्सा जिल्ला कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पर्साका महिलाहरुले उल्लेखनीय सहभागिता रहेको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जनाए।
पार्टीमा प्रवेश गर्नेहरुमा अनिता महतो, लालमुनी महतो, पूजा कुमारी साह, इन्दु देवी, बबिता देवी, सुदामा देवी, अर्चना चौधरी, रोमा चौधरी, सुगन्धी देवी लगायतका महिलाहरु रहेका छन्। उनीहरुलाई जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्य रम्भा मिस्रा, महानगर अध्यक्ष महादेव शर्मा, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता लगायतले पार्टीको सदस्यता प्रदान गरे।
उक्त कार्यक्रममा क्षेत्र नम्बर १ का अध्यक्ष गगनदेवे यादव, महानगर उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, महानगर युवा अध्यक्ष संजय सिंह, जिल्ला सदस्य नागेन्द्र यादव र नेता नितम गिरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले वीरगन्जका सक्रिय समाजिक कार्यकर्ताहरुको नेतृत्वमा सयौं युवाहरुलाई समेत पार्टीमा भित्र्याउने गरी कार्यक्रम तय भइसकेको जानकारी दिए।
