१३ जना फरार प्रतिवादी पक्राउ ,बारामा प्रहरीले तीव्र बनायो कारवाही

समाचार

रसीद आलम

बारा, असार १५ ।
जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। बारा प्रहरीका एसपी सन्तोष तामाङको सक्रियता र खोजतलास अभियान अन्तर्गत फरार रहेका ती व्यक्तिहरूलाई लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका प्रहरी इकाइहरूबाट खटिएको टोलीले मिति २०८२ साल असार १४ गते ती फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूविरुद्ध ठगी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, बैंकिङ कसुर, सरकारी कागजात किर्ते, अप्राकृतिक मैथुन, जिउँ मास्ने तथा बेच्ने, अभद्र व्यवहार लगायतका मुद्दाहरूमा अभियोग लागेको छ।

पक्राउ परेका प्रतिवादीहरूको विवरण:

१. फिदा अंसारी (६०) – देवताल गा.पा.–४, पिपडारी – कर्तव्य ज्यान
२. फुलेन्द्र चौधरी (४६) – कोल्हवी न.पा.–३, जुगुवा – ठगी
३. ब्रह्मानन्द यादव (५०) – सिम्रौनगढ न.पा.–१०, टेटा – अभद्र व्यवहार
४. बुनिलाल साह तेली (५८) – बारागढी गा.पा.–२, दौर्वा – सरकारी कागजात किर्ते
५. हरिन्द्र साह तेली (६५) – बारागढी गा.पा.–५, बैरिया – कागजात किर्ते
६. भूप नारायण चौधरी उर्फ मौजेलाल (५०) – करैयामाई गा.पा.–५, ठोरियाही – लागुऔषध गाँजा खेती
७. ढोरा महतो (५८) – सिम्रौनगढ न.पा.–६ – लागुऔषध गाँजा
८. भोला राम (८०) – सिम्रौनगढ न.पा.–७ – लागुऔषध गाँजा
९. हरिन्द्र प्रसाद यादव (३२) – करैयामाई गा.पा.–१, मधुबन – बैंकिङ कसुर
१०. कमलेश पटेल (२०) – कलैया उ.म.न.पा.–२३, भतौडा – अप्राकृतिक मैथुन
११. विष्णु सहनी मलाह (५५) – ठेगाना नखुलेको – जिउँ मास्ने तथा बेच्ने
१२. हिरालाल ठाकुर लोहार (३१) – कलैया उ.म.न.पा.–१, पर्सा टोल – ठगी
१३. मकसूद मिया – देवताल गा.पा.–७, पिपरपाती – सवारी ज्यान

बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विजयराज पण्डितले उक्त जानकारी दिएका हुन्। प्रहरीले फरार प्रतिवादीहरूविरुद्ध खोजी अभियान अझ तीव्र बनाइरहेको समेत जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी तामाङले जनाएका छन् ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *