नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजवाट

राजनीति समाचार

काठमाडौं, १६ असार । आजवाट नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँछ ।

 

सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

आज देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ । हिजो पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो ।

 

कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ । साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन् ।

 

उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रिय समितिले निर्णय लिनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *