बारामा प्रहरीमाथि गोली प्रहार, जवाफी फायरपछि तस्कर भारततर्फ फरार

समाचार

बारा, ८ मंसिर ।
बारा जिल्लाको पचरौता नगरपालिका–६, चिकनी टोलमा प्रहरी गस्ती दलमाथि तस्कर समूहले आइतबार राति गोली प्रहार गरेको छ। भारततर्फबाट नेपालमा तस्करीका समानसहित प्रवेश गर्ने क्रममा रोकेर नियन्त्रणमा लिन खोज्दा कटुवा बन्दुकबाट दुई राउण्ड गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको जनाइएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीमाथि राति करिब १०:४५ बजे एक्कासी आक्रमण भएपछि प्रहरीले बोकिएको 9MM पेस्तोलबाट ७ राउण्ड फायर गरेको थियो। प्रहरीको जवाफी कारबाहीपछि करिब २५ जनाको तस्कर समूह ट्याक्टरसहित भारततर्फ फरार भएको प्रहरीले बताएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा थप १० जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल वरपर खोजतलास गर्दा तस्करहरूले चलाएका मोटरसाइकलसहित विभिन्न सामग्री छोडेर भागेको पाइएको प्रहरीको विवरणमा उल्लेख छ।

बरामद सामग्री

१) BR05BL4154 नं.को बजाज पल्सर मोटरसाइकल
२) BR05B6864 नं.को स्प्लेन्टर मोटरसाइकल
३) BR05BD9821 नं.को बजाज पल्सर मोटरसाइकल
४) BR05AW0501 नं.को हेरो स्प्लेन्टर मोटरसाइकल
५) OPPO कम्पनीको भारतीय सिम प्रयोग भएको मोबाइल फोन १ थान
६) सामसुङ कम्पनीको एयरटेल र एनसेल सिम प्रयोग भएको मोबाइल फोन १ थान
७) भारतीय नागरिक रञ्जित कुमारको नाममा जारी भएको सवारी चालक अनुमति पत्र १ थान

घटनाबारे थप अनुसन्धान भइरहेको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *