काठमाडौँ, ९ मंसिर।
सर्वोच्च अदालत परिसरमा तोडफोड, आगजनी, सुरक्षाकर्मीबाट हतियार लुटपाट तथा भीडलाई उक्साउने जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२।०५।२४ गते भएको प्रदर्शनका क्रममा अदालत परिसरमा भवनमा तोडफोड गरी आगजनी गरेको, सुरक्षाकर्मीको हतियार लुटेको तथा भीडलाई आपराधिक गतिविधितर्फ उक्साएको घटनामा संलग्न रहेकै आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा ७ दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अघि बढाइएको छ।
सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरू यसप्रकार छन्–
१. जिल्ला झापा, भद्रपुर नगरपालिका–१ बस्ने २८ वर्षीय ज्योति थापा घताने
२. जिल्ला ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ बस्ने ३० वर्षीय ‘ब्राउन’ उपनामले चिनिने शुशील श्रेष्ठ
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
