पर्साको धोरेबाट लागुऔषधसहित एक युवक पक्राउ, ४५० एम्पुल लागुऔषध बरामद

समाचार

पर्सा, साउन १२ ।
जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं. १ धोरेस्थित सडकखण्डमा शंकास्पद रूपमा पैदल हिँडिरहेको एक युवकलाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी धोरेबाट खटिएको नियमित चेकिङ टोलीले मिति २०८२ साल साउन १० गते साँझ करिब ६:३० बजे भेडिअर्वाबाट धोरेतर्फ आइरहेको एक व्यक्तिलाई रोकी खानतलासी गर्दा लागुऔषधसहित पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. २ मधुबनी बस्ने २२ वर्षीय दिलिप कुमार सहनी हुन्। उनको साथमा रहेको निलो रंगको झोलामा आलु, प्याजभित्र लुकाइछिपाइ राखिएको अवस्थामा Buprenorphine Injection I.P. 2ml NOOPHIN लेखिएको १५० एम्पुल, DIAZEPAM Injection I.P लेखिएको १५० एम्पुल र Promethazine Hydrochloride Injection I.P. PHENERGAN लेखिएको १५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सहनीलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरिया, पर्सामा राखेको छ। निजविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद अनुमति लिइ अनुसन्धान कार्य अगाडि बढाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *