बारा, १ भदौ ।
सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी खुमबहादुर केसीको निर्देशनमा तैनाथ टोलीले तस्करी नियन्त्रणमा कडाइ गर्दै करिब चार लाख रुपैयाँ बराबरको विभिन्न अबैध सामान बरामद गरेको छ । बरामद गरिएका सामान भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार पछिल्लो २४ घण्टाभित्र मात्र बाराका विभिन्न स्थानमा तैनाथ टोलीले अलग–अलग कारबाही गर्दै अबैध सामान बरामद गर्न सफल भएका छन् ।
१. पचरौता नगरपालिका–२ श्रीनगर वैरिया गाउँ सीमा ईलाका
– मिति २०८२ भदौ १ गते बिहान ११:०५ बजे, सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट स.प्र.ना.उ. राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले मोटरसाइकलसहित करिब रु. २,४५,५०० बराबरको चिनी र सरफ बरामद गरेको छ ।
२. सिम्रौनगढ नगरपालिका–६ अमरपुर सीमा इलाका
– सोही दिन दिउँसो १२:२० बजे, बि.ओ.पि. गोलागन्जबाट सप्रनि ईश्वर कार्कीको कमाण्डमा खटिएको ५ जनाको टोलीले रु. ७४,३०० बराबरको कुर्ता, गम्छा र साडी बरामद गरेको छ । बरामद गरिएका सामान बिओपी गोलागन्जमा ल्याई सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
३. बिश्रामपुर गाउँपालिका–१ बसत चोक
– बिहान ८:३० बजे, एफ.ओ.बि. छतवाबाट सप्रनानि गणेश गिरीको कमाण्डमा खटिएको ५ जनाको मोटरसाइकल गस्ती टोलीले रु. ५१,००० बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ ।
४. कलैया–५ दुर्गा स्कुल नजिकै
– सोही दिन सशस्त्र प्रहरीको गस्ती टोलीले रु. ३५,००० बराबरको चिनी तथा मैदा बरामद गरेको छ ।
यसरी विभिन्न स्थानमा गरिएको कारबाहीबाट जम्मा करिब रु. ४,०५,८०० मूल्य बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सबै सामान आजै आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालय बुझाइने तयारी भइरहेको छ ।
एसपी खुमबहादुर केसीले तस्करीलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी बल निरन्तर रूपमा कडा निगरानीमा खटिएको उल्लेख गर्दै, अवैध कारोवार गर्नेहरूमाथि अझ कडा कारबाही हुने चेतावनी दिएका छन् ।
बारा जिल्लामा भारतसँगको खुला सिमानाका कारण तस्करीको जोखिम उच्च रहेको छ । यस्ता कारबाहीले तस्करी नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
