पर्सा, ९ कार्तिक ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ रामजानकी मन्दिर नजिकै प्रहरीले सालको काठ सहित एक साइकल नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका अनुसार मिति २०८२ साल कार्तिक ९ गते राति करिब १:०० बजे प्रहरी गस्ती टोलीले भठौराबाट देवकुलीतर्फ आइरहेको अवस्थामा ७ फिट लम्बाइ र १.५ फिट गोलाइको सालको गोलिया काठ साइक्लमा लोड गरी ल्याइँदै गरेको देखेपछि सोही स्थानमा साइक्ल र काठ छोडी व्यक्ति फरार भएको थियो।
प्रहरीले उक्त साइक्ल र सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ। हाल यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
