बारा, २५ कार्तिक ।
मिति २०८२ साल साउन १ गतेदेखि हालसम्म हराएका ३६ वटा मोबाइल फोन विभिन्न माध्यमबाट खोजतलास गरी फेला पारिएको बारा प्रहरीले जनाएको छ। प्रहरीले ती मोबाइलहरूका वास्तविक मालिकलाई बुझाइसकेको छ।
प्रहरीका अनुसार हराएका मोबाइल फोनहरू विभिन्न स्थानबाट फेला पारिएका हुन्। प्रहरीले प्राप्त निवेदन, प्राविधिक अनुसन्धान तथा सर्वसाधारणको सहयोगबाट ती मोबाइलहरू फेला पारेको बताइएको छ।
बारा प्रहरीले नागरिकलाई मोबाइल हराएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्दै सम्पत्तिको सुरक्षा र बरामदमा प्रहरी सदैव तत्पर रहेको जनाएको छ।
