मकवानपुर, २५ कार्तिक ।
नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पिडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि के.बी.लाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट म्याद थप गर्दै थप अनुसन्धान अगाडि बढाएको छ।
मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको छ। उनले भने, “यदि कोही महिला वा नाबालिकाहरू डर वा त्रासका कारणले यस्ता जघन्य अपराधबारे उजुरी दिन नसकेका छन् भने उनीहरूले प्रहरी कार्यालयमा जुनसुकै माध्यमबाट गोप्य रूपमा सूचना दिन सक्नेछन्।”
प्रहरीले यस्ता अपराधका विरुद्ध संवेदनशीलतापूर्वक अनुसन्धान जारी राखेको जनाएको छ।
