वीरगञ्ज, कार्तिक २५ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समिति पर्साको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ ।
निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सुरेन्द्र प्रसाद यादव, उपाध्यक्षमा प्रदिप कुमार साह कानु, कोषाध्यक्षमा जितेन्द्र प्रसाद, सचिवमा जादोलाल साह कानु, सह–सचिवमा नागेन्द्र प्रसाद यादव, सह–कोषाध्यक्षमा गौतम बाबु कुमार गुप्ता रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा शिवपुजन प्रसाद चौरसिया, राजन कुमार साह, ओमप्रकाश प्रसाद यादव, संतोष कुमार चौधरी, कमलेश कुमार पटेल, शम्भु प्रसाद गुप्ता र महमद हातिम अंसारी चयन भएका छन् ।
अधिवेशनले कानुनी पेशामा पारदर्शिता, व्यावसायिकता र सदस्यहरूको हकहित संरक्षणका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
