बारामा सशस्त्र प्रहरी बल, नेपाल र भारतीय SSB बीच बटालियन–स्तरीय बैठक सम्पन्न

समाचार

बारा, १४ मंसिर ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बारामा नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बटालियन–स्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा नेपालका रौतहट, बारा र पर्सा जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका प्रमुखहरू तथा भारतको सीमा सुरक्षा बल (SSB) का 71, 44 र 47 बटालियनका प्रमुखहरूको उपस्थिति रहेको थियो।

बैठकमा नेपाल–भारत सीमाक्षेत्रको समग्र सुरक्षा व्यवस्थापनबारे विस्तृत छलफल गरिएको सशस्त्र प्रहरीले जनाएको छ। साथै सीमा स्तम्भहरूको मर्मत तथा रङरोगन, दशगजा क्षेत्रमा भइरहेका अनधिकृत लोकल अक्कुपेन्सी हटाउने, सीमा अपराध नियन्त्रण, तेस्रो देशका नागरिकहरूको अवैध आवतजावत रोकथाम, चोरी–तस्करी नियन्त्रण तथा लागुऔषध ओसारपसार रोकथामलगायत विषयमा दुवै पक्षबीच सहकार्यमूलक छलफल भएको उल्लेख छ।

स्थानीय तहदेखि बटालियन स्तरसम्मका कमाण्डरहरूबीच सूचनाको आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने विषयमा पनि दुवै देशका सुरक्षा निकायबीच सहमति कायम गरिएको बैठकपछि सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *