धनुषा घटनाको विरोध प्रदर्शन बिरगंजमा शान्तिपूर्ण, अतिरञ्जित समाचारप्रति पर्सा प्रहरीको आपत्ति

समाचार

पर्सा, २१ पुस।
धनुषा जिल्लामा घटेको घटनालाई लिएर आइतबार पर्सा जिल्लास्थित बिरगंजमा मुस्लिम समुदायका दाजुभाइहरूले गरेको विरोध प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै पनि सार्वजनिक वा निजी सम्पत्तिमा क्षति–नोक्सानी नभएको जिल्ला प्रहरी कार्यालय पर्साले स्पष्ट पारेको छ।

प्रहरीका अनुसार उक्त प्रदर्शनका विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित केही समाचारहरू अतिरञ्जित र भ्रम सिर्जना गर्ने खालका रहेका छन्, जसले वास्तविक अवस्थालाई सही रूपमा प्रतिबिम्बित नगरेको जनाइएको छ। ती समाचारहरू जिल्ला प्रहरी कार्यालय पर्साको आधिकारिक धारणा नभएको समेत स्पष्ट गरिएको छ।

प्रेस–विज्ञप्ति जारी गर्दै पर्सा प्रहरीले विरोध कार्यक्रमका क्रममा प्रहरीले कानून बमोजिम गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको र सो अवधिमा कुनै पनि सार्वजनिक वा निजी सम्पत्तिमा क्षति–नोक्सानी नभएको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता/सूचना अधिकारी राजु कार्कीले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रहरी प्रतिबद्ध रहेको बताउँदै तथ्यहीन तथा भ्रामक समाचारको विश्वास नगर्न सबैलाई आग्रह गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *