ज्यान मार्ने मुद्दाका ५ वर्ष कैद सजाय तोकिएका फरार कसूरदार पक्राउ

समाचार

वीरगञ्ज, ११ माघ  ।
ज्यान मार्ने उद्योग तथा डाँका सम्बन्धी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार कसूरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

मिति २०६७ साल फागुन २२ गते दिउँसो करिब १:०० बजे, तत्कालीन वीरगञ्ज उप–महानगरपालिका वडा नम्बर–१२ स्थितमा जिल्ला पर्सा साविक वीरगञ्ज उप–महानगरपालिका वडा नम्बर–१३ घर भई रामगढवा वडा नम्बर–८ बस्ने गणेश सरार्फलाई धारिलो हतियार बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा ज्यान मार्ने उद्योग तथा डाँका सम्बन्धी कसूर मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका अविनाश चौधरी भन्ने सुशिल कुमार सिंहलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल माघ १० गते अपराह्न ३:३० बजे, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० स्थित सडकखण्डबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिको विवरण यस प्रकार रहेको छः
नाम: अविनाश चौधरी (सुशिल कुमार सिंह)
उमेर: ३१ वर्ष
ठेगाना: वीरगञ्ज महानगरपालिका वडा नं. २०, पर्सा
प्रहरीले फरार अभियुक्तको खोजीलाई तीव्र बनाउँदै अदालतको फैसला कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *