नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सम्पन्न, प्रधानमन्त्री कार्कीको बधाई

समाचार

काठमाडौँ ,१२ माघ। प्रधानमन्त्री सुशीला कार्कीले २०७३ सालमा स्थापना भएको नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले दीक्षान्त समारोहका अवसरमा शुभकामना सन्देश दिँदै खुला तथा दूर शिक्षामार्फत देशभित्र र विदेशमा रहेका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाको पहुँच पुर्‍याउन विश्वविद्यालय सफल हुँदै गएको उल्लेख गर्नुभयो।

उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षा पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताउँदै नेपाल खुला विश्वविद्यालयले समावेशी र जीवनोपयोगी शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले दीक्षित सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *