बीरगंजमा लागुऔषध गाँजासहित एक युवक पक्राउ

बिदेश राजनीति समाचार

पर्सा,११ माघ ।

पर्सा जिल्लाको बीरगंज-१६ फुलवारी टोलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले छापामारी गर्दै लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

२०८१ माघ ११ गते राति ८:३० बजे सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म, बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा विशेष सूचना आधारमा गरिएको अपरेशनमा लागुऔषध पहिचान गर्ने दृष्टि नामक कुकुरको सहयोग लिइएको थियो। टोलीमा सशस्त्र प्रहरीका १५ जना, इलाका प्रहरी कार्यालय नगवाका प्रहरी बरिस्ठ नायब निरीक्षक रुपेश कुमार झा, र प्रहरी चौकी बसपार्कका नायब निरीक्षक तेज प्रताप सिंहको सहभागिता रहेको थियो।

छापामारीका क्रममा पर्साको पटेर्वासुगौली निवासी ३० वर्षीय पवन यादवलाई बीरगंज-१६ फुलवारी टोलमा रहेको एक घरको भाडाको कोठाबाट अन्दाजी ५ किलोग्राम गाँजासहित पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, नगवामा बुझाइएको छ।

प्रहरीले यस प्रकारका अवैध क्रियाकलाप नियन्त्रण गर्न नियमित छापामारीलाई तीव्रता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *