लागु औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

समाचार

काठमाडौं ,१८ माघ।कागेश्वरी मनोहरा नगरपालिका–८, शिवचोकस्थित बागमती करिडोर नजिक लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ९.४४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२/१०/१५ गते दिउँसो करिब ३:३० बजे प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले स्थानीय प्रेमकुमार राय (वर्ष ५३) को घरको कोठामा खानतलासी गर्दा लागू औषध फेला पारेको हो। सो क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका घर भई हाल उक्त घरमा बस्दै आएकी प्रमिला घिमिरे (वर्ष २५) को साथबाट ९.४४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, घटनास्थलबाट Redmi कम्पनीका दुई थान मोबाइल फोन र लागू औषध तौल गर्न प्रयोग हुने दुई थान तराजुसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार लागू औषध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *