माईनस १२ डिग्रीको कठ्यांग्रिने चिसोमा पनि नझुकेको सुरक्षा: छाङ्गरुमा सशस्त्र प्रहरीको अडिग गस्ती।

समाचार

छाङ्गरु (दार्चुला) ,१८ माघ। हिमाली क्षेत्र छाङ्गरुमा तापक्रम –१२ डिग्री सेल्सियससम्म झरेको कठ्यांग्रिने चिसोका बीच पनि सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म छाङ्गरुले आफ्नो नियमित सुरक्षा गस्ती निरन्तरता दिएको छ।

कडा हिमपात, तीव्र चिसो र जोखिमपूर्ण भौगोलिक अवस्थालाई चुनौती दिँदै सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न सशस्त्र प्रहरीको टोली दिन–रात सक्रिय रूपमा परिचालित छ।

अत्यन्त प्रतिकूल मौसममा समेत राष्ट्रको सीमा सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न सशस्त्र प्रहरी बलले देखाएको कर्तव्यनिष्ठा, साहस र समर्पण सराहनीय रहेको स्थानीयवासीले बताएका छन्।

राष्ट्रको सुरक्षा र जनताको सेवामा कठोर मौसमलाई समेत बेवास्ता गर्दै खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू सबैका लागि प्रेरणाको स्रोत बनेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *