८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

समाचार

पर्सा, २१ वैशाख । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज बिहान करिब ८:०० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित विर्ता चोक क्षेत्रमा संकास्पद रूपमा हिंडिरहेका २२ वर्षीय बेगम वि.क.लाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जिल्ला सुर्खेत, गुर्वाकोट नगरपालिका–२ घर भएका बेगम वि.क.लाई उक्त मुद्दामा अदालतले ८ वर्ष कैद तथा ४ लाख रुपैयाँ जरिवाना तोकेको थियो। उनी यसअघि वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै बाल सुधार गृह वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।

प्रहरीले फरार अपराधीको खोजी तथा नियन्त्रण अभियानलाई निरन्तर तीव्र बनाइएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *