वीरगञ्ज, २९ वैशाख ।
सामाजिक उत्तरदायित्व अन्तर्गत Birgunj Ladies Circle ले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका, सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६३० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ साल वैशाख २९ गते आयोजित कार्यक्रममा महिलाहरूको स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गर्दै उक्त सामग्री सहयोग प्रदान गरिएको हो। हस्तान्तरण गरिएका सेनेटरी प्याड महिला सहायता कक्षमार्फत आवश्यकता भएका महिला तथा किशोरीहरूलाई वितरण गरिने जनाइएको छ।
प्रहरीले सामाजिक संघसंस्थाबाट प्राप्त यस्ता सहयोगले महिला तथा बालबालिकामैत्री सेवा प्रवाहमा थप सहयोग पुगेको उल्लेख गरेको छ। साथै, समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउन यस्ता सामाजिक कार्य प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
