भन्सार छली गरी ल्याइएको २३ लाख ५० हजार रुपैयाँ बराबरको केरा र टाटा योद्धा बरामद

समाचार

बारा, जेठ १८ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण मुख्यालय बाराले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको लाखौं रुपैयाँ बराबरको केरा तथा सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार मिति २०८३ जेठ १८ गते बिहान करिब ५ बजे जिल्ला बारा कोल्हबी नगरपालिका–३ स्थित कोल्हबी–तामागढी सडकखण्डमा मोबाइल गस्तीमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

गस्ती टोलीलाई देख्नासाथ चालक फरार भएपछि प्रहरीले बेवारिसे अवस्थामा रहेको १५० कार्टुन केरा तथा बा.प्र.०३–००१ च ०९६२ नम्बरको टाटा योद्धा पिकअप बरामद गरेको जनाएको छ। बरामद गरिएको केराको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ तथा सवारी साधनको मूल्य २२ लाख रुपैयाँ रहेको छ।

बरामद गरिएको केरा र सवारी साधन गरी जम्मा २३ लाख ५० हजार रुपैयाँ बराबरको मालसामान आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *