बिना बिलका १० भैंसीका पाडासहित बोलेरो र तीन जना नियन्त्रणमा, भन्सार कार्यालय बुझाइयो

समाचार

पर्सा,१८ जेठ  । पर्सा प्रहरीले अवैध रूपमा ओसारपसार गरिँदै गरेका १० वटा भैंसीका पाडासहित एउटा बोलेरो गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको अपरेसन टोलीले सोमबार बिहान करिब १:४५ बजे सखुवा प्रसौनी गाउँपालिका–६ स्थित लखनपुर चोकमा विशेष चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो रोकेको थियो।
जाँचका क्रममा गाडीमा कुनै बिलबिजक तथा आवश्यक कागजात बिना ल्याइँदै गरिएका १० वटा भैंसीका पाडा फेला परेपछि प्रहरीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेहरूमा बोलेरो चालक विजय शर्मा (वर्ष ३५), पर्साको कालिकामाई गाउँपालिका–५ निवासी हुन , साथै धोबिनी गाउँपालिका–३ का बिकरमा राउत कुर्मी (वर्ष ६१) र धोबिनी गाउँपालिका–५ का होडा देवान (वर्ष ५५) रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिइएका भैंसीका पाडा, बोलेरो गाडी तथा सम्बन्धित व्यक्तिहरूलाई थप अनुसन्धान एवं आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको जनाएको छ।

सीमावर्ती क्षेत्रमा अवैध पशु चौपाया ओसारपसार तथा भन्सार छलिका गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *