वीरगञ्ज, १६ असार । लेनदेन मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीका अनुसार मिति २०८३ असार १५ गते जिल्ला पर्साको बहुदरमाई नगरपालिका–२ बाट लेनदेन मुद्दामा दोषी ठहर भई २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका–२७ निवासी ४७ वर्षीय किसुन प्रसाद यादव पक्राउ परेका हुन्।
पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्मानित पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको पर्सा प्रहरीले जनाएको छ।
फरार प्रतिवादीहरूलाई खोजी गरी अदालतको फैसला कार्यान्वयन गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिएको समेत जनाएको छ।
