अवैध रूपमा कटान गरिएको २१ क्यूफिट सालको गोलिया काठ बरामद, सशस्त्र र वन कार्यालयको संयुक्त कारबाही

समाचार

वीरगञ्ज, १ साउन। पर्साको वीरगञ्ज महानगरपालिका–३१ सोलखपुरस्थित जंगल क्षेत्रमा अवैध रूपमा कटान गरी लुकाइछिपाइ राखिएको सालको गोलिया काठ सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा मातहतको सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाका रेञ्जर भुपाल रोकायको नेतृत्वमा खटिएको संयुक्त टोलीले शुक्रबार अपराह्न ४:५५ बजे उक्त क्षेत्रमा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा जंगलको छेउमा लुकाइछिपाइ राखिएको अवस्थामा करिब २१ क्यूफिट सालको गोलिया काठ फेला पारी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको काठ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सोही दिन साँझ ५:२० बजे सब–डिभिजन वन कार्यालय, सबैयामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार वन विनाश तथा अवैध काठ तस्करी नियन्त्रणका लागि सुरक्षा निकाय र वन कार्यालयबीच समन्वयात्मक निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *