बाराको छातापिपरामा छापा: १० लाख बढीको अवैध दूध पाउडर र सुटिङ कपडा बरामद

समाचार

बारा, ३० साउन।
सशस्त्र प्रहरी बल, नेपाल र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–८, छातापिपरास्थित एक घरमा छापा मारेर भन्सार छली अवैध रूपमा भण्डारण गरिएका करिब १० लाख ५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

विशेष सूचनाका आधारमा मिति २०८३/०४/३० गते संयुक्त टोलीले उक्त घरमा छापा मार्दा Spray Dried Milk Powder १२५ केजी, Skimmed Milk Powder २७५ केजी र सुटिङ कपडा ६८ थान फेला पारेको हो।

बरामद गरिएका सामानहरू भन्सार छली अवैध रूपमा भण्डारण गरी राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा भन्सार छली नियन्त्रणका लागि संयुक्त टोलीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *