खैरो हेरोइनसहित बिरगंजबाट दुई जना पक्राउ

समाचार

वीरगञ्ज,३१ साउन  । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८३ साल साउन ३१ गते वीरगञ्ज महानगरपालिका–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पर्साका दुई युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवन र बिन्दवासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल फोन र ‘ON TEST’ नम्बर प्लेट भएको एक थान मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंका निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *