वीरगञ्जमा अवैध औषधिसहित सञ्चालक राजेश यादवलाई पक्राउ, ४ लाख १९ हजारको औषधि बरामद

समाचार

वीरगञ्ज ,३१ साउन । पर्सा प्रहरीले वीरगञ्जमा अवैध रूपमा बिक्री–वितरण भइरहेको औषधिसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८३/०४/३१ गते दिउँसो करिब ३ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित A.B. Carriers मा अवैध औषधि बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीको विशेष टोलीले गोदाममा चेकजाँच गर्दा ठूलो परिमाणमा विभिन्न औषधि फेला पारेको हो।

प्रहरीले A.B. Carriers का सञ्चालक वीरगञ्ज महानगरपालिका–१६ निवासी ४२ वर्षीय राजेश यादवलाई बरामद औषधिसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद औषधिमा Himcam-MP Multi Dose Vet–१६८ पिस, Lilivmax Vet Inj–८४० पिस र Himheal Herbal Spray–२९५ थान रहेका छन्। बरामद औषधिको अनुमानित मूल्य ४ लाख १९ हजार ४ सय १० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका यादवलाई बरामद औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्ज, पर्सामा पठाइएको पर्सा प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *