ट्रकको ठक्करबाट स्कुटर चालक ६२ वर्षीया सावित्री देवी सापकोटाको मृत्यु

समाचार

कैलाली,१ भदौ  । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

आज बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको हो।

ट्रक नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डाका २६ वर्षीय दिनेश गिरीले चलाएका थिए भने स्कुटर कैलालीको बर्दगोरिया गाउँपालिका–४ निवासी ६२ वर्षीया सावित्री देवी सापकोटाले चलाएकी थिइन्।

दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल प्रा.लि., मुडागाउँ लगिएकोमा बिहान ८:४० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक, ईभी स्कुटर तथा ट्रक चालक गिरीलाई इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *