ताप्लेजुङ, असोज ९ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा विद्युत् सर्ट भई आगलागी हुँदा नजिकका घरहरूसमेत जोखिममा परेका छन्।
मिति २०८३ असोज ८ गते दोभान बजारस्थित एक घरमा विद्युत् सर्ट भएर आगो लागेको थियो। सुरुआतमा एक घरबाट लागेको आगो नजिकका अन्य घरतर्फ समेत फैलिएको थियो।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १ गुल्म हेडक्वार्टर ताप्लेजुङबाट खटिएको टोली, अन्य सुरक्षा निकायका टोली, फुङलिङ नगरपालिकाका दुईवटा वारुणयन्त्र तथा स्थानीय सर्वसाधारण परिचालन भएका थिए।
सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा आएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट संकलन भइरहेको जनाइएको छ।
