बारामा ५५ किलो गाँजासहित ४५ वर्षीय राजकिशोर यादव पक्राउ

समाचार

बारा ,२५ असोज । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ५५ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मिति २०८३ असोज २४ गते राति करिब १०:४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको कमान्डमा खटिएको प्रहरी गस्ती टोलीले पचरौता नगरपालिका–६ स्थित क्षेत्रमा चेकजाँच गर्ने क्रममा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पचरौता नगरपालिका–३, रामनगर टोल निवासी करिब ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई चेकजाँच गर्दा उनको साथबाट ५५ किलो लागुऔषध गाँजा बरामद गरेको जनाएको छ।

गाँजासहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गस्ती तथा चेकजाँचलाई तीव्रता दिइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *